नियम
शैक्षिक योग्यता सम्बन्धी व्यवस्था

कार्य क्षमताको मूल्याड्ढनद्वारा बढुवा हुनको निमित्त राजपत्रांकित पदहरुको हकमा नियमावलीको नियम ८१ को उपनियम (३) बमोजिमको शैक्षिक योग्यता र राजपत्र अनंकित पदहरुको हकमा तत् तत् पदहरुमा सेवा प्रवेशको लागि निर्धारित शैक्षिक योग्यता आवश्यक पर्नेछ ।
तर यी नियमहरु प्रारम्भ हु“दाकोे बखत नेपाल तथ्याड्ढ सेवा अन्तर्गतका विभिन्न समूहमा बहाल रहेका कर्मचारीको हकमा निजलाई त्यस्तो सेवा वा समूहमा प्रवेश गर्न तोकिएको शैक्षिक योग्यता नै यस नियमको प्रयोजनको निमित्त न्यूनतम शैक्षिक योग्यता मानिनेछ ।